काठमाडौँ, असोज ३० । थाइल्याण्डमा अनेक वितण्डा मच्चाएर विवादमा आइरहने पूर्वयुवराज पारस शाहले पछिल्लो गिरफ्तारीबाट भने धेरैको सहानुभुति पाएका छन् । खासगरि, पारसको टिठलाग्दो अवस्थाका कारण उनले धेरैको करुणा पाएका हुन् । तर, पारसलाई उनकै परिवारको योजनामा पक्राउ गरिएको दाबी गरिएको छ ।
दरबार निकट स्रोतका अनुसार, थाइप्रेमिकासँग छुटाउन निर्मल निवासकै योजना अनुसार पारसलाई पक्राउ गरिएको हो । पूर्वराजा ज्ञानेन्द्रले छोरा पारसलाई सुधारेर नेपाल फर्काउन अनेक प्रयास गरेपनि थाईल्याण्डमा रहेकी प्रेमिकालाई छाड्न नमानेपछि थाइल्याण्डको सरकारसँग कुरा गरेर पारसलाई पक्राइएको दरबार निकट स्रोतले दाबी गरेको छ ।
प्रेमिका छुटाएर सुधार्न नेपाल ल्याउने योजना अन्तर्गत पक्राउ गराइए पनि पक्राउ पर्नुको दोष भने प्रेमिकामाथि लगाइएको छ । जसका कारण भने प्रेमिका कन्निका चाइसानमाथि पारसको वितृष्णा फैलाउनु रहेको पारस निकट एक व्यक्तिले बताए ।
पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र भएको मुलुक थाइल्याण्डको सरकारसँग पारसको फिर्ती र त्यहाँकी प्रेमीसँग सम्बन्ध टुटाउने विषयमा कुराकानी गरिरहेको स्रोतले बतायो ।
पारस यसअघि पनि थाइल्याण्डमा चारपटक पक्राउ परिसकेका थिए । दरबारले धेरै प्रयास गर्दा पनि उनी नेपाल आउन नमानेका थिए ।
१२ दिनका लागि थुनामा रहेका पारसलाई छुटाउन अहिले धिरेन्द्र शाहकी छोरी शिताष्मा थाइल्याण्डमा छिन । उनले त्यहाँ पारसको नेपाल आउने बातावरण मिलाइरहेको बताइएको छ ।
पारसलाई लिन तिहारपछि श्रीमती हिमानी पनि जाने कार्यक्रम तय भएको छ ।
यो पनि पढ्नुहोस् :
पारस शाह धरौटीमा रिहा, नेपाल फर्कन मानेनन्
















प्रतिक्रिया