४ कार्तिक २०८३, बुधबार

नूरप्रसाद हराउँदा नन्दप्रसादको शव उठेनः मन्त्री आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NARAHARI_ACHARYAकाठमाडौँ, ३० असोज । कानुन मन्त्री नरहरि आचार्यले नन्दप्रसाद अधिकारीका छोरा नूरप्रसाद सम्पर्कमा नआउँदा अनशनका क्रममा मृत्यु भएका  नन्दप्रसादको अन्तिम संस्कारका लागि परिवारलाई शव बुझाउन समस्या भएको बताउनुभएको छ ।

बिहीबारको संसद बैठकमा अधिकारी बारे जानकारी गराउदैँ सरकारले परिवारलाई शव बुझाउन गरेका सबै प्रयास असफल भएको बताउनुभयो ।

‘हामी सबैलाई थाहा छ अधिकारी दम्पत्तिले द्धन्द्धकालमा हत्या भएका आफ्ना छोराको हत्याराको खोजी गरी कारबाहीको माग गरीरहेका छन्।

अहिले नन्दप्रसादको दुखद् निधन भएको छ,’ मन्त्री आचार्यले भन्नुभयो, ‘अझैपनि गंगामाया अनसनमा छिन्।

सरकारले उनीहरुको मागलाई ध्यानमा राखी कतिपय कुरामा बचन दिएको र माग पूरा गर्ने कार्य पनि गरेको हो।’

मन्त्री आचार्यले प्रधानमन्त्रीदेखि विभिन्न व्यक्तिले अनसन तोड्न गरेको आग्रहका विपरित अनसन जारी राख्दा यो अवस्था आएको पनि दाबी गर्नुभयो ।
सरकारले प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा गठित कार्यदलले सबै उपायको खोजी गरिरहेको बताउँदै गंगामायाको जीवन रक्षाका लागि अनसन तोड्न र कानुनले दिएको अधिकारको पालन गर्न सरकारले पहल गरिरहेको उल्लेख पनि उहाँले गर्नुभयो ।

सरकारले यो घटनालाई गम्भीरता साथ लिइ जीवन रक्षाको सबै उपाय अवलम्बन गर्ने तयारी गरीरहेकोले यथाशिघ्र उनको अनसन तोड्ने परिस्थिती सृजना हुनेकुरामा सरकार विश्वस्त रहेको जानकारी गराए।