१ कार्तिक २०८३, शनिबार

बबरमहल र फिस्लिङ दुर्घटनाको छानबिन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accident

काठमाडौँ, ३० असोज । गएको असोज २७ गते काठमाडौँको बबरमहलमा भएको बस दुर्घटना तथा २८ गते चितवनको फिस्लिङमा भएको ट्रक र कार दुर्घटनाको छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बादे श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिमा यातायात व्यवस्था विभागका निर्देशक इन्दुकुमारी थपलिया, सडक विभागका सिडिई विजय महतो, यातायात व्यवस्था विभागका मेन इन्जिनियर गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत सोमराज बराल (सदस्य सचिव) रहनुभएको छ ।

सचिवस्तरको निर्णयबाट गठित उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।