विराटनगर, ३० असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनताको भावनाअनुरुप संविधान जारी हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले स्वायत्त मधेस प्रदेशसहित संविधान जारी नभए त्यस्ता संविधान अमान्य हुने र पुनः मधेस आन्दोलित हुने दाबी गर्नुभयो ।
उहाँले सहमतिबाट नभए गणितीय प्रक्रियाद्वारा संविधान आउँदो माघ ८ गते जारी गर्ने नेपाली काँग्रेस र नेकपा एमालेले अडान राखेको उल्लेख गर्दै सो अवधिमा सहमति नभए हतार नगरी पुनः एक वर्षको समय लिएर भएपनि सबैको सहमतिमा संविधान जारी गर्न सुझाव दिनुभयो ।
अध्यक्ष महतोले २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसवादी दलहरुबीच स्वायत्त मधेस प्रदेशलगायतका विषयमा सम्पन्न सम्झौतालाई कार्यान्वयन गरी मधेसमा बढीमा दुई प्रदेश बनाउनुपर्ने स्पष्ट पार्नुभयो ।
सिके राउतको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासा उहाँले मधेसलाई छुट्टै देश बनाउने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभयो ।















प्रतिक्रिया