१ कार्तिक २०८३, शनिबार

लागुऔषध कारोबार गर्ने दुई जना प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी, ३० असोज । प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पूर्वाञ्चल क्षेत्रीय अनुसन्धान समूहबाट लागुऔषध न्यूनीकरण अभियानमा बुधबार साँझ खटिएका टोलीले विराटनगर–२१ स्थित १ नं ढाटमा जाँचका क्रममा सुनसरी पकली–८ का भूपेन्द्र चौधरी र रमेश ढकाललाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारका अनुसार उनीहरूले चढेकोे  को७प १२२७ नम्बरको मोटरसाइकलको ह्यान्डलमा झुन्ड्याएको कालो प्लास्टिकको झोलाबाट आठ बोतल कोरेक्स, ६४ ट्याबलेट स्मास्मोप्रोक्सिवन र ६ चक्की नाइट्रोसन बरामद भएको छ ।

दुबैलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ ।