जुम्ला, ३० असोज । जिल्ला शिक्षा कार्यालय जुम्लाले प्रावितर्फका सात विस्थापित शिक्षकमध्ये चारजनालाई राहत दरबन्दीमा स्थापित गरेको छ ।
स्थापित शिक्षकलाई वरिष्ठताका आधारमा सीता बुढालाई भैरव मावि धुपीढुस्का, सम्झराज धिताललाई महादेव मावि माथिकुडु, पशुपति शाही (सिंह) लाई ग्वाँतीखोला प्रावि मालिकावोता र भीमबहादुर थापालाई सरस्वती मावि रिनी पटमारा जुम्लामा स्थापित गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक मक्करबहादुर भण्डारीले जानकारी दिनुभयो ।
विद्यालय निरीक्षक भण्डारीका अनुसार सबै विस्थापित शिक्षकलाई स्थापित गर्न नसके पनि केहीलाई व्यवस्थापन गराएको हो ।















प्रतिक्रिया