४ कार्तिक २०८३, बुधबार

मलेसियामा दुई नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्जुन काफ्ले

क्वालालम्पुर, ३० साउन । रोजगारीका सिलसिलामा मलेसियामा पुगेका एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन् । मलेसियाको सेलेङ्गर राज्यस्थित मेरुको टप ग्लोभ इन्टरनेशनल कम्पनीमा कार्यरत सल्यान घनवाङ्गका ३५ बर्षीय मिनेन्द्र पुन आफ्नै बेडमा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । उनी १५ महिना अघि मलेसिया आइपुगेका थिए ।

सोमवार सकुशल सुतेको भएपनि मंगलवार उनका साथीले उनलाई मृत भेटाएको जाजरकोटका रतनराज पुनले जानकारी दिए । उनको शवलाई केलाङ्ग अस्पतालमा राखिएको छ । शव नेपाल पठाउन प्रक्रिया भइरहेको पुनले जानकारी दिए । उनको घरमाआमा, श्रीमती र २ छोरी छन् ।

पुनको शवलाइ नेपाल पठाउन उनी कार्यरत कम्पनीका नेपालीले आर्थिक सहयोग गरेका छन् । सुतेकै अवस्थामा मृत्यु भएको भन्दै उनको कम्पनीले उनको विमा दिन आनकानी गरेको उनका एक साथीले वताए ।

यता ठेगाना नखुलेका मनोज कुमार राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । पेतलिङ्गजयाको केलानाजयामा रहेको एक सुपरमार्केटमा कार्यरत राजवंशी मंगलवार झुण्डिएको अवस्थामा फेला परेका यहाँको अग्रेजी दैनिक द स्टारले जनाएको छ । उनको शव हाल मलाया युनिभर्सिटी मेडिकल अस्पतालमा राखिएको बुझिएको छ ।