१ कार्तिक २०८३, शनिबार

प्रचण्डको सक्रियता बढ्यो, एकै दिन चार शीर्ष नेतासँग भेटघाट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ २९ असोज । राजनीतिक गतिरोध हटाउन केही दिनअघि मात्र प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिअनुसार गठित ‘राजनीतिक समिति’को संयोजक भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड राजनीतिक दलबीच समझदारी जुटाउन भेटघाटलाई तीव्रता दिनुभएको छ ।

शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गर्ने र राजनीतिक दलका बीच समझदारी निर्माण गर्ने क्षेत्राधिकार तोकिएको उक्त समितिको पहिलो बैठकलगत्तै संयोजक प्रचण्डले बुधबार एकै दिनमा विभिन्न दलका चार शीर्ष नेतासँग भेटेर संविधान निर्माणमा देखिएका असहमतिका विषयमा सहमति जुटाउने प्रयासको थालनी गर्नुभएको छ ।

संयोजक प्रचण्डले बुधबार बिहान नेपाली काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष केपी शर्मा ओली र मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । संयोजक भएपछि आफूले समितिको प्रमुख जिम्मेवारीमध्ये राजनीतिक दलबीच सहमझदारी जुटाउन सहयोग गर्नका लागि मङ्गलबारदेखि प्रमुख नेतासँग अन्तक्र्रिया गरेर समझदारी बनाउने कार्यलाई तीव्रता दिएको एमाओवादीका अध्यक्ष प्रचण्डले बताउनुभयो ।

‘संविधानका विवादित विषयमा सहमति गरी संविधानसभालाई प्रतिवेदन बुझाउने एक दिनको म्याद मात्र बाँकी रहेको र निर्धारित आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न दलबीच सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफललाई तीव्रता दिएको छु’ उहाँले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीलाई उहाँको संसदीय दलको कार्यालयमा भेटेपछि संयोजक प्रचण्डले सञ्चारकर्मीलाई भन्नुभयो–मलाई के आशा छ भने आजभोलिसम्म दलहरुबीचको समझदारीको तह अर्काे ठाउँमा पुगेर संविधान निर्माणमा सहजता आउने छ ।’ विवादित विषयमा कहिले सहमति हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासमा संयोजक प्रचण्डले भन्नुभयो–‘शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायत विषयमा विगतमा पनि सहमति भएको र हाल पनि सहमति हुन्छ तर अहिलेको मुख्य समस्या भनेको सङ्घीयतामा नै हो त्यसमा सहमति जुटाउन साझा अवधारणा खोज्नैपर्छ ।’