१ कार्तिक २०८३, शनिबार

जाति र भाषाका आधारमा प्रदेश निर्माण असंभवः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौं, २९ असोज । एमालेका अध्यक्ष ओलीले मुलुकको हितका निम्ति अनुपयुक्त र असम्भव प्रदेशको माग कसैले गर्न नहुने बताउनुभएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डसँग बुधबार संसदीय दलको कार्यालयमा भेटेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो देश १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी छरिएर रहेको समाज हो, त्यसकारण सङ्घीयतामा जाँदा यी कुरालाई मनन गर्नैपर्छ ।’
आफ्नो दलको स्वार्थभन्दा माथि उठेर देशको हितका लागि प्रदेशको सङ्ख्याका बारेमा सोच्नुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘सामथ्र्यका आधारमा मात्र प्रदेश तोकिनु तार्किक हुन्छ,  होइन भने भोलि प्रदेश सरकारको सञ्चालन र पूर्वाधार निर्माणको खर्चमा नै कम्तीमा ५० वर्ष लाग्न सक्छ, अनि विकास र समृद्धिको हाम्रो सपना के हुन्छ ?’
‘लोकतन्त्र, आधुनिकीकरण, सामाजिक न्याय एवम् समानतामा अघि बढ्ने हाम्रो उद्देश्य भएको र भावनामा बगेर देश बन्ने होइन, वस्तुवादी सोचका साथ अघि बढ्न जरुरी भएको बताउँदै नेता ओलीले राजनीतिक दलका जुनसुकै सिद्धान्त, नीति र कार्यक्रम भए पनि देश एउटै छ र संविधान एउटै बनाउने हो, त्यसकारण सबैको देश हो र सबैका निम्ति संविधान बनाउनुपर्छ भन्नुभयो ।

विवादित विषयमा बिहीबार बिहानसम्म सहमति भएन भने के हुन्छ भने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले सहमति भएन भने विवादित विषय प्रश्नावलीका आधारमा संविधानसभामा जाने तर संवादको सम्भावना भने संविधान जारी हुँदासम्म कायम रहने बताउनुभयो ।