बिर्तामोड, २९ असोज । निर्माणधिन बी एण्ड सी मेडिकल कलेजका पूर्व ठेकेदार दीपक कार्कीलाई अस्पतालको चेक चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
केही समयअघि ठेक्का रद्द गर्दाताका ठेकेदार कार्कीले पाउनुपर्ने तीन करोड ७१ लख मध्ये अढाई करोड पाईसकेर पनि तीन करोड २५ लाखको चेक दावी गर्दै बैंक गएपछि उनी पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतका अनुसार ठेकेदार कार्कीलाई चेक चोरी गरेको अभियोगमा पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भईरहेको छ ।
अस्पताल प्रशासनले ठेकेदार कार्कीसँगको सम्झौता रद्द गरी बाँकी रकम भुक्तानी गर्ने सम्झौता भएको भएपनि सही गरिएको चेकमा आफैं रकम भरी भुक्तानी दावी गरेपछि कार्कीविरुद्ध उजुरी गर्नुपरेको जनाएको छ । पक्राउ परेका ठेकेदार कार्की सिद्धबाबा कन्स्टक्सनका सञ्चालक हुन् ।















प्रतिक्रिया