४ कार्तिक २०८३, बुधबार

एमाओवादी महासचिव कृष्णबहादुर महराका छोरा किन समातिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmal-Mahara

दाङ, २८ असोज । दाङमा एमाओवादी महासचिव कृष्णबहादुर महराका छोरा प्रहरी फन्दामा परेका छन् ।

दाङको लमहीस्थित अर्जुन खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि एमाओवादीका महासचिव महराका छोरा निर्मल समातिएका हुन् ।

निर्मलसहित छ जनाले जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्ने क्रममा चैलही ३ कुलमोडका प्रेमबहादुर पुनको मृत्यु भएको थियो । पुनकै मृत्युको विषयलाई लिएर प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखेको छ । महरापुत्र निर्मलसँगै सरकारी कर्मचारी श्रीधर अधिकारी, गणेश गिरी, ईश्वर जिएम र गौरवबहादुर मगर पनि पक्राउ परेका छन् ।

प्रहरीले जलचर संरक्षण ऐन अनुसार पनि कारबाही अघि बढाएको छ । खोलामा करेन्ट लगाएर माछा मार्नुलाई अवैध मानिन्छ । अनुसन्धानबाट माछा मार्ने क्रममा करेन्ट लगाएको पुष्टि भए जलचर संरक्षण ऐन २०१७ को दफा ११ अनुसार आर्थिक जरिवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।