२९ आश्विन २०८३, बिहिबार

रसियाली राष्ट्रपति र चिनियाँ प्रधानमन्त्री भेट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २८ असोज । चिनियाँ प्रधानमन्त्री लि केकियाङले मङ्गलबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्नुहुने भएको छ ।

मस्कोमा उहाँहरुबीच सो भेटघाट हुन लागेको समाचारमा जनाइएको छ । यी दुई देशबीच सोमबार आपसी हितको प्रबर्धन गर्ने र व्यापार अभिबृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

सोमबार रसियाली प्रधानमन्त्री दिमीत्री मेदभेदेव र उहाँका चिनियाँ समकक्षी केकियाङबीच व्यापार अभिवृद्धि र द्विपक्षीय सम्बन्ध विस्तारका विभिन्न क्षेत्रमा सम्झौता भएको थियो ।

उक्त द्विपक्षीय सम्झौतामा उर्जाको विकास र आर्थिक लगानीका क्षेत्रहरु पनि रहेको बताइएको छ ।

हालैका दिनमा पश्चिमा देशहरुसँग रसियाको सम्बन्ध विग्रिएको समयमा चिनियाँ प्रधानमन्त्री केकियाङले रसियाली राष्ट्रपतिसँगको भेट तय भएको छ ।

रसियाको क्रिमिया क्षेत्रमा केही महिनाअघि भएको जनमत सङ्ग्रहबाट उक्त क्षेत्र रसियामा गाभिएपछि उसको पश्चिमा देशहरुसँगको सम्बन्ध विग्रिएको हो । एजेन्सी