४ कार्तिक २०८३, बुधबार

बैंककका समातिएका पारसलाई नेपाल ल्याउन यस्तो छ ज्ञानेन्द्रको पहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash-Shah-pakrau-dainiknepalकाठमाडौं, २८ असोज । लागु औषधसहित  बैंककका समातिएका पूर्वयुवराज पारस शाहलाई तिहारलगत्तै काठमाडौँ झिकाउने तयारी भएको छ ।

स्रोतका अनुसार पछिल्लो समयमा चरम आर्थिक संकट झेलिरहेका पारसलाई उनको परिवारले नेपाल बोलाउने तयारी गरेको हो ।
एकमात्र छोराको हालतले थप टर्चरमा परेका पूर्वराज ज्ञानेन्द्र र पूर्वरानी कोमलकै पहलमा पारसलाई नेपाल बोलाउने तयारी भएको हो ।
अहिले पारसलाई धरौटीमा रिहा गराउने प्रयासमा धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पहल गरिरहेको पनि स्रोतले बताएको छ ।

‘पारस यसपटक रिहा भएको अवस्थामा उहाँलाई जसरी भए पनि नेपाल बोलाउने तयारीमा उहाँको परिवार लागेको छ,’ स्रोतले भन्यो ।
पारसको चार वर्षको भिसा अवधि गत २१ साउनमा सकिएको थियो । त्यति बेला नै पारस नेपाल आउने हल्ला थियो । धरौटीको म्याद नसकिएकाले पुनः उनको भिसा अवधि तीन महिनाका लागि थप गरिएको थियो ।

अव भने पारसको भिसा अवधी थप नगरी उनलाई नेपाल बोलाउन पूर्व राजा–रानीका नजिकका र आफन्तले पनि सल्लाह दिएका छन् ।

बैंककमा रहेकी पारसकी प्रेमिका कन्निका पनि पारस पक्राउ परेयता खासै सम्पर्कमा नआएकी र उनीमाथि विभिन्न खालका आरोप लागेकाले पनि पारसलाई नेपाल फर्काउन सहज हुने अनुमान पारसका आफन्तले गरेका छन् ।

पूर्वयुवराज पारस शाहलाई छुटाउने र सघाउने प्रयोजनका लागि शाही परिवारको दूतका रुपमा पारसका पूर्वस्वकीय सचिव राजेश सिंह बैंकक पुगि सकेका छन् ।
पारसकी बहिनी प्रेरणा र काका धीरेन्द्रका छोरीहरु दिलाशा, शितास्मा र पूजाको पहलमा राजेश आइतबार केही पैसासमेत लिएर बैंकक गएकाले पारस केही दिनमा छुट्न सक्ने अनुमान गरिएको छ ।