१ कार्तिक २०८३, शनिबार

ठुला नेताको हत्या हुनसक्ने सूचनाले सुरक्षा निकायमा भुईंचालो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, २८ असोज । भारत सरकारले आतंकवादीद्वारा नेपालका महत्वपूर्ण नेताहरुको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको १८ दिनपछि सुरक्षा निकायका प्रमुखहरुले यसलाई गम्भीरतापूर्वक लिँदै विशेष छलफल चलाएका छन् ।

सुरक्षा निकायका प्रमुखहरुको आइतबार र सोमबारका विभिन्न बैठकमा विमानस्थल विशेष सुरक्षा योजना तयार गर्नेबारे छलफल भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहलमा गृहसचिव सूर्य सिलवालको अध्यक्षतामा बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मजवुत बनाउनेबारे छलफल भएको सुरक्षा स्रोतले बतायो ।

प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल,सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्त,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जितबहादुर केसीसहित नेपाली सेनाका उपरथी,रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सम्मिलत बैठकमा विमानस्थलमा तैनाथ सुरक्षा निकायहरुले नै तत्काल योजना तयार गर्ने निर्णय भएको छ । विमानस्थलको भित्रि भागको सुरक्षामा नेपाल प्रहरी र बाहिरी सुरक्षा नेपाली सेनाले गर्दै आएको छ ।