४ कार्तिक २०८३, बुधबार

रवीन्द्रका नजरमा पूर्वराजा ज्ञानेन्द्र धैर्य, शालिन र शिष्ट, पारसप्रति सहानुभूति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rabendra-bbcकाठमाडौँ, २७ असोज । पूर्व राजा ज्ञानेन्द्रका बारेमा सर्वत्र आलोचना भइरहेका बेला  बीबीसीका पत्रकार रवीन्द्र मिश्रले भने  पूर्वराजा ज्ञानेन्द्रमाथि सहानुभूति प्रकट गरेका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा पूर्वराजा ज्ञानेन्द्रलाई धैर्य, शालिनता र शिष्टता कहिले नगुमाउने पात्रका रुपमा लिएका छन् ।

‘अहिले पूर्वयुवराज पारसको तस्वीर हेरेर उनीप्रति अधिकांशले साहानुभूति प्रकट गरिरहेका छन्।

जुन स्वभाविक छ र त्यो मानवीयताको संकेत पनि हो,’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन, ‘तर, त्यत्तिकै सहानुभूतिका पात्र पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमल पनि हुन्। ज्ञानेन्द्र सानैमा राजा भए, त्यो गुमाए।

दाइको सारा परिवार हत्याकाण्डमा गुमाए। धेरैले त्यसको आरोप उनैमाथि लगाए। फेरी राजा भए। दाइको सारा सम्पत्ति पाए।’

त्यसपछि, विस्तारै राजाले पाउने गरेको सम्मान गुमाउँदा, राजगद्दी गुमाउँदा र राजतन्त्र  गुमाउँदा र त्यस्तो प्रतिकूल अवस्थामा पनि ज्ञानेन्द्रले आफ्नो धैर्य, शालिनता र शिष्टता कहिले नगुमाको भनी प्रशंषा गरेका छन् ।

‘एउटा भएको छोरोको पनि त्यस्तो हाल छ,’ मिश्रले लेखेका छन्, ‘ती सबै राजतन्त्र नै समाप्त हुने गरि राजगद्दी त्याग्दासमेत उनी मुस्कुराइरहे। कहिले निकृष्ट तहमा ओर्लिएनन्।’

तर, राजा हुँदा चाँही ती सबै गुण ज्ञानेन्द्रले हराएको मिश्रले आलोचना गरेका छन् ।  ‘मलाई अचम्म लागेको कुरा चाहिँ के भने, ती सारा गुणहरू उनी राजा हुँदा कहाँ गएका थिए ? मिश्रले लेखेका छन, ‘त्यसैले मैले भन्ने गरेको छु –ज्ञानेन्द्र ‘अराजकीय राजा र राजकीय पूर्वराजा’ हुन्।

मिश्रले धेरै टिप्पणीकारहरूले सुझाएजस्तै पारस शाहालाई घृणाको नभई सहयोगको आवश्यकता रहेको बताएका छन् ।

‘यो स्थितिमा घृणा गर्नेहरुले बुझ्नुपर्छ हामी, हाम्रा परिवार र आफन्तजन पनि सबै मानिस नै हौं,’ उनले भनेका छन्, ‘भोलि कसलाई कहाँ, कस्तो संकट आइपर्छ, कसले भन्न सक्छ र ?