४ कार्तिक २०८३, बुधबार

धुमधामसँग एनआरएन डे मनाउदैँ गैरआवासीय नेपालीहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsnrn-logo-300x224काठमाडौँ, २५ असोज । गैरआवासीय नेपालीहरुले अक्टोबर ११ लाई  गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा धुमधामसँग मनाउँदै छन् ।

उक्त दिवसको सन्दर्भ पारेर एनआरएनएले साताब्यापी विविध कार्यक्रम गर्दै आएको एनआरएनएका प्रवक्ता मन केसीले जानकारी दिनुभयो ।

अक्टोबर ११ लाई नेपाल सरकारले नै गैरआवासीय नेपाली दिवस घोषणा गरेपछि यो दिवस हरेक अक्टोबर ११ मा मनाउे गरिएको हो ।

‘केसीका अनुसार एनआरएन डे’ को विशेष कार्यक्रमको शनिवार दिउँसो प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।
सोही दिवसका दिन स्वयम्भु र पशुपतिमा पूजा गर्ने कार्यक्रम पनि रहेको छ ।

गैरआवासीय नेपालीको लगानीमा बनेको शेराटन काठमाडौं होटलको शिलान्यास पनि सोही दिवसका अवसरमा गर्ने तयारी भएको छ ।

दिवसकै अवसरमा एनआरएन लगानी, गैरआवासीय नेपालीको अनुभव,  वैदेशिक रोजगार सम्बन्धी उद्दार कार्यक्रम, पर्यटन प्रवद्र्धन, ज्ञान, सीपको रुपान्तरण, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यपत्रहरुमाथि छलफल गरिने उहाँले जानकारी दिनुभयो ।