४ कार्तिक २०८३, बुधबार

सभासदले शीर्ष नेताहरुलाई जुवाडेको आरोप किन लगाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biccकाठमाडौँ, २४ असोज । सभासदहरुले सहमतिका नाममा संविधानसभालाई बन्धक नबनाउन दवाव दिएका छन् ।

संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै सभासदहरुले यस्तो  दवाव दिएका हुन् । उनीहरुले संविधानमा सहमति जुट्न बाँकी रहेका विषयलाई प्रक्रियामा लगेर टुंग्याउन सुझाव दिएका छन् ।

बाबुराम भट्टराई नेतृत्वमा रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले सहमति जुटाउन नसक्ने भन्दै कांग्रेस सभासद गगन थापाले उनले विवादित विषयहरुमा प्रश्नावली बनाउन संविधानसभाले अर्को समिति बनाउनु पर्ने बताउनुभयो ।

कांग्रेसका अर्का सभासद धनराज गुरुङले शीर्ष नेताहरु जुवाको खालमा बसेको भन्दै सभासदलाई तमासे नवनाउन आग्रह गर्नुभयो ।

एमाले सभासद रविन्द्र अधिकारीले संविधानसभाले दिएको निर्देशन संवाद समितिले गम्भीरतापूर्वक नलिएको भन्दै सहमतिका नाममा संविधानसभालाई बन्धक बनाउन नहुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले १७ वर्षसम्म स्थानीय निकायको निर्वाचन गर्न नसक्नेहरुले जनतालाई संविधान नदिने दाबी गर्नुृभयो ।