काठमाडौँ, २४ असोज । राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरी सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाइएकामा सो समितिले अनुमोदन गरेपछि उहाँलाई प्रधानन्यायाधीशमा नियुक्ति गरेको हो ।
सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवाषचन्द्र नेम्वाङ, कानुन न्याय तथा संविधानसभा संसदीय मामिलामन्त्री नरहरि आचार्य, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।















प्रतिक्रिया