१ कार्तिक २०८३, शनिबार

यसरी मनाइँदैछ राजधानीमा एनआरएन दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsnrn-logo-300x224

काठमाडौं, २४ असोज । संसारभर छरिएर रहेका नेपालीहरुको साझा सस्था गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस (एनआरएन डे) भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ भने संसारभर छरिएर रहेका नेपालीहरुले आफु रहेका सम्बन्धित देशमा समेत यो दिवस मनाउने गर्दछन् । यस बर्षको गैरआवासीय नेपाली दिवस (एनआरएन डे) अक्टोबर ५ देखि १४ अक्टोबरसम्म विविध कार्यक्रम गरि काठमाडौमा मनाइदैछ ।

यसै अनुरुप १० अक्टोबरका दिन शंखमूल घाटमा एनआरएन गार्डैनको शिलान्यास गरिने बताइएको छ । अक्टोबर ११ का दिन स्वयम्भुनाथ र पशुपतिमा पूजा, गैरआवासीय नेपालीको लगानीमा निर्माणधिन शेराटन काठमाडौं होटलको शिलान्यास एवं विभिन्न परोपकारी कार्य हस्तान्त्रण गरिने एनआरएन प्रवक्ता मन केसीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

केसीका अनुसार, ‘एनआरएन डे’ मूल समारोहको प्रधानमन्त्री सुशील कोइरालाले अक्टोबर ११ का दिन दिउँसो २ बजे उदघाटन गर्ने कार्यक्रम छ । यसका अतिरिक्त बाढी पिडितलाई सहयोग, खुला विश्वविद्यालय सम्बन्धि कार्यपत्र, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार सम्बन्धि उद्धार कार्यक्रम, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीपको रुपान्त्रण, विज्ञान तथा प्रविधि सम्बन्धि कार्यपत्रहरुमा छलफल समेत गरिने बताइएको छ ।

‘एनआरएन डे’ सफल बनाउन गैरआवासीय नेपाली संघ विश्वभर छरिएर रहेका नेपालीहरु, नेपाली दाजुभाई तथा दिदी बहिनी, सञ्चारकर्मीलगायत सबैमा केसीले अपिल गरेका छन् ।