काठमाडौँ, २३ असोज । एमालेले आफ्ना सभासदहरुलाई नेपाली झन्डा अंकित लोगो वितरण गर्ने भएको छ ।
बिहीबार बसेको एमाले संसदीय दलको बैठकले संविधानसभा लगायतका बैठकमा अनिवार्यरुपमा नेपाली झन्डा अंकित सो लोगो लगाएर उपस्थित हुन ह्विपसमेत जारी गरेको छ।
नेपाली झन्डाको सिम्बोलिक अर्थ भने एमालेले राज्यपुनःसंरचनालाई बनाएको छ।
प्रदेशहरु निर्माण गर्दा तिनवटै भूगोललाई जोडेर राज्य पुनसंरचना गर्नुपर्ने एमालेको माग छ । सोहीअनुरुप नेपाली झन्डा अंकित लोगो सभासदहरुलाई वितरण गरिएको एमालेले जनाएको छ ।















प्रतिक्रिया