४ कार्तिक २०८३, बुधबार

संविधानसभाभित्र अल्पमतमा परेपछि एमाओवादी बहुमतीय प्रणालीको विरोध गर्दै छः मोहनविक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-bikram-singh1काठमाडौँ, २३ असोज ।  नेकपा मसालले एमाओवादीले जातीवादी नारा संविधानमा घुसाउन खोजेको आरोप लगाएको छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अरोप लगाउनु भएको हो ।

उहाँले दुई तिहाइ बहुमतबाट संविधान बनाउने लोकतान्त्रिक विधिको विरोध गरेर एमाओवादीले जातीवादी संविधान बनाउन चाहेको विज्ञप्ति मार्फत आरोप लगाउनु भएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा लज्जाजनक परिणाम ल्याएर जनताबाट अस्वीकृत भइसकेको एमाओवादीले फेरि जातीवादी नारा संविधानमा घुसाउन खोजिरहेको सिंहको आरोप छ ।

उहाँले सहमति हुन नसकेका विषयहरूमा बहुमत वा प्रक्रियामा गएर टुङ्गाउनुको कुनै विकल्प नभएको भन्दै एमाओवादीले दुईतिहाइ बहुमतद्वारा संविधान निर्माण गर्ने कार्यको विरोध गर्नुलाई गलत भन्नुभएको छ ।

उहाँले एमाओवादीको त्यस्तो प्रवृत्तिलाई प्रजातान्त्रिक प्रणालीविरुद्ध अधिनायकवादी तरिका भएको समेत आरोप लगाउनु भएको छ ।

‘दोस्रो संविधानसभाको चुनावमा हारेपछि एमाओवादीले सहमतिका आधारमा संविधान बनाउनुर्छ भन्न थालेको सिंहको भनाइ छ ।

‘उनीहरू त्यसरी बहुमत प्राप्त गर्न असफल भएपछि र संविधानसभाभित्र अल्पमतमा परेपछि बहुमतीय प्रणालीको विरोध गरिरहेका छन्,’सिंहको भनाइ छ,’यस प्रकारको तरिकालाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न ।’

उहाँले एमाओवादीको त्यस्तो शैलीले लोकतान्त्रिक संविधानको निर्माणमा बाधा पुराउने मात्र होइन देशमा गम्भीर प्रकारको अराजकता, अशान्तिको स्थिति उत्पन्न हुने तथा देश एक वा अर्को प्रकारको अधिनायकवादी दिशामा जाने सम्भावना रहेको पनि प्रष्ट पार्नुभएको छ ।