४ कार्तिक २०८३, बुधबार

पश्चिमाहरु नेपाललाई बिखण्डन गर्न लागि परेका छन्ः खुमबहादुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bahasur-Khadkaकाठमाडौँ, २३ असोज । नेपाली कांग्रेस नेता खुमवहादुर खड्काले पश्चिमाहरु नेपाललाई बिखण्डन गर्न लागि परेको आरोप लगाउनु भएको छ ।

सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समितिका नाममा बिहीबार राजधानीमा आयोजित कांग्रेस नेताहरुको एक भेलामा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
े क्रिश्चियन धर्म प्रचारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पश्चिमाहरुले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष घोषणा गराएको उहाँको आरोप थियो ।

नेपाललाई सनातन हिन्दु राज्यमा पुनःस्थापत गर्ने आन्दोलन शुरु हुन लागेको भन्दै उहाँले आन्दोलन विरुद्ध हतियार प्रयोग भए आफुहरुले पनि हतियारबाटै जवाफ दिने चेतावनी दिनुभयो ।

खड्काले हिन्दु राज्यका लागि हुने आन्दोलनमा बल प्रयोग भएमा र कुनै घटना भएमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालको कुर्सी हल्लिने चेतावनीसमेत दिनुभयो ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट,  कांग्रेस नेताहरु पूर्णकुमार शेर्मा लिम्बु, पुष्पा भुसाल, रामजीवन सिंह, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतले हिन्दु राज्य बनाउने वा नबनाउने विषयमा जनमत संग्रह गर्न चुनौति दिएका थिए ।

खुमबहादुर खड्का, चीरञ्जीवी वाग्लेसहितका  नेता पनि कार्यक्रममा सहभागी थिए ।

भेलाले हिन्दु राज्यका लागि आन्दोलन गर्ने निर्णय गर्दै यसका लागि जनमत संग्रह गरे परिणाम मान्य हुने जनाएको छ ।