१ कार्तिक २०८३, शनिबार

७० वर्षीया वृद्धाले किन गरिन झुन्डिएर आत्महत्या ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fasi-final1कञ्चनपुर, २३ असोज । झलारी–४ पारिफाँटाकी ७० वर्षीया किणीदेवी ठगुन्नाले आज झुन्डिएर आत्महत्या गरेकी छिन् ।

घर नजिकैको खेतबारीमा रहेको खडिकको रुखमा झुन्डिएर वृद्धाले आत्महत्या गरेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।

वृद्धाले आत्महत्या गर्नुुको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगर लगिएको छ । रासस