खोटाङ, २३ असोज । रक्सीले मातेको सुरमा खोटाङका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । पाथेका–२ का २६ वर्षीय रुगमान गुरुङले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् ।
सामान्य घरायसी विवादपछि गुरुङले राति करिब १२ बजेको समयमा घर नजिकैको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको स्थानीय रञ्जीव राईले जानकारी दिनुभयो । राईका अनुसार गुरुङ सुस्त मनस्थितिका थिए ।
गुरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । उहाँको श्रीमती र एक छोरा छन् । रासस















प्रतिक्रिया