१ कार्तिक २०८३, शनिबार

बालक मृत अवस्थामा फेला, बाघले मारेको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २३ असोज । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १५ का छ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् ।

उक्त नगरपालिकाका नवराज घिमिरेका छ वर्षीय छोरा ऋषिराम घिमिरेको शव घरबाट झन्डै ५०० मिटर तल खाल्डोमा फेला परेको हो । उनलाई बाघले लगेर मारेको अनुमान जिल्ला प्रहरी कार्यालयले गरेको छ ।

बालकको खुट्टा भेटिएको स्थानबाट ५० मिटर तल खाल्डोमा टाउकोसमेत फेला परेको प्रहरीले जनाएको छ । उनी बुधबार बेलुका ६ बजेबाट हराइरहेका थिए । रासस