काठमाडौँ, २३ असोज । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा उमेर हदका कारण आजदेखि सेवा निवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश रामकुमारप्रसाद साहले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ ।
यही असोज १४ गते संसदीय सुनुवाइ विशेष समितिले साहको नाम अनुमोदन गरेपछि साह प्रधानन्यायाधिश बन्ने निश्चित भएको थियो ।
न्याय परिषद्ले वरिष्ठतम् न्यायाधीश साहसहित तीन न्यायाधीशको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो ।















प्रतिक्रिया