२९ आश्विन २०८३, बिहिबार

प्रभुको अन्तर्राष्ट्रिय उडानको हवाइ टिकट लवानलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

timthumbकाठमाडौँ, २३ असोज ।  प्रभु मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको उपहार योजना अन्तर्गत लवान तामाङले अन्तर्राष्ट्रिय उडानको हवाइ टिकट जितेकी छिन् ।

उपहार विजेता तामाङले हवाइटिकट लिन नमानेपछि कम्पनीको तर्फबाट उनलार्इ टिकट रकम बराबरको नगद प्रदान गरिएको प्रभु मनि ट्रान्फरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी दशैंतिहारको अवसरमा सञ्चालन गरेको उपहार योजनामा प्रभू मनि ट्रान्फरबाट पैसा पठाउने थप ६ जनाले पनि विभिन्न पुरस्कार पाएका छन्।
विजेताहरु मध्ये महोत्वरी निवासी रामनाथ मण्डल, धनुषा निवासी इन्द्रदेव मण्डल र सर्लाही निवासी हरिकृष्ण भण्डारीले जनही १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन्।

यस्तै धनुषा निवासी कुसुम खातुन, उदयपुर निवासी कोशीला परियार र मोरङ निवासी गोमादेवी लिम्बुले लेमन मोवाइलको बी २०१ मोवाइलसेट पाएका छन्।
प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने कम्पनीले जनाएको थियो।

त्यसैगरी हरेक दिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल सेट तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गर्दै आएको छ।

यो योजना अन्तर्गत बम्पर उपहारमा एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होमको प्याकेज पाउने छन्।