काठमाडौं, २२ असोज । ज्योतिषशास्त्र अनुसार, ग्रहणको फल राशि अनुसार फरक फरक हुन्छ । कुनै राशिलाई यो शुभ हुन्छ त कुनैलाई अशुभ । आज लागेको चन्द्रग्रहणको बारेमा तपाईंको राशिको तोयनाथ पन्तले तपाईंको राशिफल यसरी देखाएको छः
मेष राशिको लागि खण्डग्रास चन्द्रग्रहणले खर्च बढाउने छ ।
वृष राशिलाई लाभ फल मिल्नेछ ।
मिथुन राशिलाई चन्द्रग्रहणले सुख मिल्नेछ ।
कर्कट राशिको मान नाश हुनेछ ।
सिंह राशिका लागि कष्ट हुनेछ
कन्या राशिको लागि स्त्रीपीडा हुनेछ ।
तुला राशिलाई सौख्यम् हुनेछ
वृश्चिकलाई चिन्ता बढ्नेछ।
धनुमा व्यथा लाग्नेछ ।
मकर राशि भएकाहरुको श्रीप्राप्ति मिल्नेछ।
कुम्भलाई क्षति हुनेछ ।
मीन राशिलाई घात हुनेछ । रेवती नक्षत्र भएका मीन राशिलाई ग्रहणले अतिकष्ट दिनेछ ।
समग्रमा वृष, मिथुन, तुला र मकरलाई बुधबारको चन्द्रग्रहणको फल शुभ देखिएको छ भने अन्यलाई चन्द्रग्रहणले अशुभ फल दिने पात्रोमा उल्लेख छ ।
















प्रतिक्रिया