१ कार्तिक २०८३, शनिबार

ओखलढुंगामा बस पल्टियो, उदयपुरमा ट्याक्सी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ असोज । ओखलढुंगामा बुधबार बिहान यात्रुबाहक बस पल्टिँदा छजना यात्रु घाइते भएका छन् ।

ओखलढुंगा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा२ख ४८९४ नम्बरको बस टोक्सेल–२ मा अनियन्त्रित भई पल्टिएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घाइते यात्रुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

त्यसैगरी, उदयपुरको छुइलाबाट बेलटारतर्फ जाँदै गरेको ट्याक्सी सिद्धिपुर–५ धारापानीस्थित डाँडामा ठोक्किँदा आठजना यात्रु घाइते भएका छन् ।

को१ज ८१४ नम्बरको सो ट्याक्सीको बे्रक फेल भएपछि उक्त घटना भएको हो । घाइतेको बेल्टारस्थित अस्पतालमा उपचार भइरहेको छ ।

फरार ट्याक्सी चालकको खोजबिन भइरहेको छ ।

यता, गोरखाको छातीपोखरीबाट काठमाडौँ आउँदै गरेको ग१ख ४८३९ नम्बरको यात्रुबाहक बस बुधबार दिउँसो पृथ्वी राजमार्गको बेल्खु खोला नजिकै दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीका अनुसार घाइतेमध्ये छजनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारार्थ काठमाडौँ पठाइएको छ ।