४ कार्तिक २०८३, बुधबार

चन्द्रग्रहण हेर्न मन छ ? खुमलटार जानुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आज लाग्ने चन्द्रग्रहणको दुरबिनमार्फत सर्वसाधारणलाई अवलोकन गराउने भएको छ ।

विगतमा पनि ग्रहण लागेको अवस्थामा अवलोकन गराउँदै आएको प्रतिष्ठानले आज लाग्ने चन्द्रग्रहणको अवलोकन प्रतिष्ठानको केन्द्रीय कार्यालय परिषद् खुमलटारमा गराउने व्यवस्था गरेको प्रतिष्ठानका प्रवद्र्धन तथा प्रचार महाशाखाका प्रमुख नरेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

दिउँसो २:५९ मिनेटपछि चन्द्रग्रहण सुरु भएपनि नेपालबाट भने चन्द्र उदाएपछि ५:५१ मिनेटपछि मात्र देख्न सकिने भएका कारण प्रतिष्ठानले ५:३० बाट दुरबिनको प्रयोगबाट चन्द्रमाको अवलोकन गर्ने व्यवस्था मिलाएको हो ।

चन्द्रग्रहण बेलुकी ६ बजेर १९ मिनेटमा समाप्त हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभएको छ । रासस