गोरखा, २२ असोज । गोरखाको तान्द्राङ गाविसस्थित सिमलफेदमा यातायत व्यवसायी समिति गोरखाले आफ्ना मागहरु पूरा नगरेको भन्दै ४ वटा यात्रु बस केही घण्टा नियन्त्रणमा लिएर बसलाई जान आग्रह गर्ने यात्रुहरु लाई समेत दुव्र्यवहार गरेका छन ।
गोरखाको आरुघाटबाट सदरमुकामतर्फ आउंदै गरेको ४ वटा बसलाई स्थानीयले आफूलाई बस उपलब्ध नगराएको भन्दै करिब ३ घण्टा रोकेका थिए । सोही क्रममा दशैं समयमा बाटो खोली दिन आग्रह गर्ने उमेश खनाल सहित केही यात्रुलाई तान्द्राङका स्थानीय खेम सुर्खेती नेतृत्वको एक उछ्ङ्खल समूहले दुव्यवहार गर्दै हातपातको प्रयास समेत गरेको थियो । आरुघाटस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविन्द्र खनाल नेतृत्वको प्रहरी टोली घटनास्थल आएपछि मात्र नियन्त्रण लिएको ४ वटा बस छाडेको बसमा रहेको यात्रुहरुको भनाई छ ।















प्रतिक्रिया