ललितपुर, २२ असोज । तिहार पर्वलाई लक्षित गरी यसै महिनाको अन्तिम साताबाट राजधानीमा पुष्पमेला हुने भएको छ ।
असोज ३१ गतेबाट कार्तिक ३ गतेसम्म गोदावरीमा हुने मेला फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले आयोजना गर्न लागेको हो । मेलामा ३० भन्दा बढि स्टलको सहभागिता रहने फ्यानले जनाएको छ । जाउलाखेल फूटवल मैदान, ललितपुरमा संचालन गरिने गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा गोदाबरी, सयपत्री र अन्य आलंकारिक बोटबिरुवाहरुको पनि बिक्री बितरण हुनेछ । प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेलामा काठमाण्डौ उपत्यका भित्रका बिभिन्न नर्सरीहरुले भाग लिनेछन् ।
हरेक बर्ष संचालनमा आउने गोदाबरी मेला अन्तर्गत अघिल्लो बर्ष सम्पन्न सातौं संस्करणको प्रदर्शनी अवधि भरिमा लगभग २२ हजार भन्दा बढी दर्शकहरुबाट मेला अवलोकन भएको थियो । मेला अवधि करिब २१ लाख सम्मको व्यापारिक कारोबार भएको थियो । यस बर्ष दर्शकहरुको उपस्थिती तथा फूल बिरुवाको बिक्री पनि अघिल्लो बर्षको तुलनामा बृद्धि हुने अनुमान ब्यबसायीको छ । तिहार पर्वमा घर आँगन सजाई आकर्षक बनाउने फूल पारखीहरुका लागि यस मेला तथा प्रदर्शनीले महत्वपूर्ण सहयोग पु¥याएको आयोजकको छ । हरेक बर्ष भिजिटरहरुको संख्यामा बृद्धि हुदै जानु, गोदावरी फूलको आकर्षणका साथै खरिद बिक्री बढनुमा पुष्प व्यवसाय प्रति धेरै मानिसहरु आकर्षित भएको र यसको सौन्दयर्ता प्रति जागरुक र सचेत भएको फ्यानले जनाएको छ ।














प्रतिक्रिया