४ कार्तिक २०८३, बुधबार

एमाओवादी नेतृत्वको मोर्चा सहमति विथोल्ने षडयन्त्रमा : केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjunnarsingh-kc

काठमाडौ, २२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमाओवादीसहित २२ दलीय मोर्चाले आन्दोलनको घोषणा गरेर सहमतिको राजनीति विथोल्ने षडयन्त्र गरेको दावी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले अन्तिम समयसम्म पनि सहमतिको लागि प्रयत्न गर्न आफूहरु प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । सहमति हुनै नसके प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प नरहेको केसीको ठोकुवा छ ।

नेता केसीले भन्नुभयो – ‘हामी सहमतिबाट थाकेका छैनौ । अन्तिम समयसम्म पनि विवादित विषयहरुमा सहमतिकै लागि प्रयास गर्ने हो तर हुँदै भएन भने प्रक्रियामा जानै पर्छ ।’

राज्य पुर्नसंरचनाको नाममा एकल जातीय पहिचान सहितको संघीयता आफुहरुलाई कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै उहाँले सबैको अपनत्व हुने खालको संघीयता बनाउनु पर्नेमा दिनुभयो ।

केसीले जनसंख्याको आधारमा संघीयता बनाउने भए पहाडमा ५ र तराइमा ४ प्रदेश गरि नौ प्रदेश बनाउने वा विकास क्षेत्रलाई आधार मानेर उत्तर–दक्षिण खुल्ला राखेर पाँच प्रदेश बनाउन पनि आफूहरु तयार रहेको भन्दै अन्यथा काँग्रेसको बटमलाइन सात प्रदेश भएको स्पष्ट पार्नुभयो ।

केन्द्रमा त एउटा संसद भवन बनाउन नसकेर भाडा लिनुपर्ने अवस्थामा धेरै संघीयता बनाएर संरचना निर्माण गर्न नसकिने भन्दै उहाँले धेरै संघीयता बनाएर मुलुकलाई ठूलो आर्थिक भार पर्ने बताउनुभयो । उहाँले शासकीय स्वरुपमा संसदबाट निर्वाचित प्रधानमन्त्रीय पद्धति प्रक्रियामा काँग्रेस– एमाले, एमाओवादी र मधेशवादी दलहरुबीचमा सहमति भएको जानकारी समेत दिनुभयो ।