१ कार्तिक २०८३, शनिबार

‘देश टुक्राउनुपर्छ भन्नेहरुको पक्षमा बोल्न पाउने यो कस्तो लोकतन्त्र ?’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal

काठमाडौं, २२ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देश टुक्राउन पाउनुपर्छ भनेर बोल्ने सीके राउतको पक्षमा समर्थन गरेका राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोख्नुभएको छ ।

राजधानीमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले देश मान्दिन टुक्राउनु पर्छ भनेर बोल्नेहरुकोे समर्थनमा संसदमा बोल्न पाउने यो कस्तो लोकतन्त्र हो भनी प्रश्न गर्नुभयो । समावेशिता र समानुपातिकताको नाममा जातीय राज्य बनाएर द्धन्द भित्राउन कुनै पनि हालतमा दिन नहुने उहाँले बताउनुभयो ।

एमाले उपाध्यक्ष रावलले आन्दोलनको नाममा एमाओवादीसहितका दलहरु सहमतिबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले चार बुँदे सहमति कार्यान्वयन गर्दा पनि आफैलाई संयोजक चाहिने भनेर प्रचण्डले लिएको अडान आफूहरुले बुझ्न नसकेको बताउनुभयो । यसले सहमतिलाई अझै विथोल्ने रावलको ठोकुवा छ ।

पहिलो संविधानसभाको बेला ११ प्रदेश आफूहरुले स्विकार गरेको तर एमाओवादीसहितका दलहरु किन सहमतिबाट पछि हटे आफूहरुले थाहा पाउन नसकेको उल्लेख गर्दै रावलले भन्नुभयो, ‘एमाओवादीले शासकीय स्वरुपमा हामी लचिलो हुन्छौ, राज्य पुर्नसंरचनामा तपाईहरु लचिलो हुन्छौ भन्ने हो भने हामीहरु पनि राज्य पुर्नसरंचनमा तपाईँहरु लचिलो हुनुस, शासकीय स्वरुपमा हामी लचिलो हुन्छौ भनेर किन नभन्ने ?’

रावलले भन्नुभयो, ‘हामी शासकीय स्वरुपमा लचिलो हुन्छौं, एमाओवादीहरु संघियतामा लचिलो हुनुपर्‍यो ।’

माघ ८ गतेभित्रै संविधान जारी गर्ने शर्तमा शासकीय स्वरुपमा संसदबाट निर्वाचित प्रधानमन्त्री प्रणाली स्विकार्न पनि एमाले तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । संविधान ल्याउने सर्तमा आफूहरु संसदवाट निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुप स्विकार्न तयार रहेको स्पष्ट पार्दै उहाँले अन्तिम समयसम्मको प्रयासमा पनि सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने एमालेको बटमलाइन भएको जानकारी दिनुभयो । उपाध्यक्ष रावलले नेकपा एमालेको संघियतामा ७ प्रदेश बटमलाइन भएको समेत स्पष्ट पार्नुभयो ।