१ कार्तिक २०८३, शनिबार

मूर्तिले जल पिएको हेर्न मन्दिरमा घुइँचो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, २२ असोज । नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ । मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा काठमाडौं दर्शनार्थीको घुइँचो लागेको छ ।

चम्चामा पानी राखेर मूर्तिको मुखमा छुवाउँदा शिवलिङ्गका मूर्तिले पानी खाने गरेको प्रत्यक्षदर्शीको भनाइ छ । पानी मुखमा छुवाउँदा भाँडो रित्तिने गरेको छ । मूर्तिले पानी आफसेआप मुखले तानेर खाने गरेको प्रत्यक्षदर्शीको दाबी छ ।

यसरी शिवलिङ्गका मूर्तिले जल पिएपछि वास्तवमै यो सत्य हो वा होइन भनेर हेर्न अहिले नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ दर्शनार्थीको घुइँचो लागेको हो । तर मूर्तिले जल पिएपछि अफँैमा अचम्मको विषय बनेको स्थानीयवासी उपेन्द्रकुमार जोशीले बताउनुभयो ।

केही वर्ष पहिले गणेशको मूर्तिले दूध पिएको भन्दै काठमाडौँका गणेश मन्दिरमा पनि यस्तै घुइँचो लागेको थियो ।