१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, २१ असोज । प्रधानमन्त्री सुशील कोइरालाले डोटी जिल्लाको छत्तिवन गाविस–५ कट्कटेमा सोमबार दिउँसो बस दुर्घटना भई २९ जना यात्रुको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले यस दुःखद दुर्घटनामा परी जीवन गुमाउने निर्दोष नेपाली नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते भएका यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उनले आफ्नो समवेदना सन्देशमा भनेका छन्, ‘यस दुःखद घडीमा आगामी दिन यस्ता कमजोरी हटाउँदै सडक यातायात दुर्घटनाबाट भइरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने वचनबद्धता व्यक्त गर्दछु ।’

स्थानीय जनताको माग र आवश्यकताअनुसार निर्माण गरिएका सडकहरुलाई वैज्ञानिक तवरको बनाउँदै स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँचमा पनि सम्बन्धित निकायहरुलाई परिचालन गरी सडक दुर्घटनालाई न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने विश्वास पनि उनले दिलाएका छन् ।

यस दुर्घटनामा परी जीवन गुमाउनुभएका यात्रुहरुका परिवारजन र आफन्तहरुप्रति समवेदना प्रकट गर्दै उनले सम्बन्धित सबैमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना पनि गरेका छन् ।