१ कार्तिक २०८३, शनिबार

एम्बुलेन्सको ठक्करबाट श्रीमान्–श्रीमती घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siraha_districtलहान, २१ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढी गाविस–२ मा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा श्रीमान्–श्रीमती घाइते भएका छन् ।

घाइते हुनेमा सिरहाको खरुकियाही गाविसका २७ वर्षीय इन्द्रजित यादव र उहाँकी श्रीमती २६ वर्षीया हीरादेवी यादव रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका दुवैजनाको धनगढीको जिरोमाइलस्थित मेरीगोल्ड सिटी हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक वैजुकुमार योगीले जानकारी दिए ।

तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ज ७४६३ नं को एम्बुलेन्सले सोही दिशामा गइरहेको मोरसाइकललाई बिहान ६ : ४५ बजे ठक्कर दिँदा उहाँहरु घाइते भएको प्रहरी नायब निरीक्षक योगीले बताए ।

ठक्कर दिएर फरार भएको एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएकोे छ ।