बुधबार, ११ मंसिर २०७६
DainikNepal.com
बुधबार, ११ मंसिर २०७६

छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

दैनिक नेपाल २०७१ असोज २० गते २१:१४

सर्लाही, २० असोज । आफ्नै छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको ढुङ्ग्रेखोला गाविसमा एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको नेत्रगञ्जमा भएको दुर्घटनामा ढुङ्ग्रेखोला गाविस–४ मिलनचोककी ५५ वर्षीया इश्वरीदेवी बरालको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. २८ प ४२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्ँिटदा सोही मोटरसाइकलको पछाडि बसेकी बराल गम्भीर घाइते भएकी थिइन् ।

लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरतर्फ लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित