१ कार्तिक २०८३, शनिबार

‘छोराछोरी विदेशमा, स्वदेशमा दसैँ खल्लो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidesik-rojgari-manpower-bidesh

कावासोती, २० असोज । दसैँका दिनमा आफूभन्दा मान्यजनबाट आशीर्वाद लिने र घर परिवारमा खुसियाली मनाउने गरिन्छ । यस्तो चाडबाडका बेला घर परिवारका सदस्य सबै नजुट्दा खल्लो लाग्ने गरेको विदेशमा छोराछोरी भएका आमाबाबुले बताएका छन् ।

घरमा रहेका विदेशमा हुनेलाई सम्झिछन् भने विदेशमा भएका घरमा रहेकालाई सम्झिने गर्छन् । घर परिवारको खुसीका लागि विदेश गएका आफ्ना छोराहरुलाई आमाबाबुले अरु दिनको तुलनामा दसैँ लगायतका चाडबाडमा बढी सम्झने गरेको कावासोती–८ का दिवाकर पौडेल बताउनुभयो ।

देशभित्र रोजगारीको सिलसिलामा विदेश नगएको घर कमै होला तर यस्ता चाडबाडमा भने परिवारका सदस्यको जमघटलाई अर्थपूर्ण मान्निछ । घरमा भएका चार भाइ छोरा मुगलान लागेपछि नाति नातिनी र बुहारीसँग सुखी साट्नु आमाबाबुका लागि अनिवार्य जस्तै बनेको छ ।

गरिबीलाई सम्झेर खाडीमूलक हानिएका छोराहरुको सम्झनाले दसैँमा धेरै आमाबाबुको आँखा रसाएका छन् । खेमलाल सापकोटाका दुई छोरा १० वर्षदेखि साउदी अरबमा बस्दै आएका छन् । ‘यो अवस्थामा घरमा एक न एक छोरा दसैँमा हुन्थे तर यस वर्ष सबै छोराहरु विदेशमा छन्,’ उहाँले भन्नुभयो – छोराबिनाको दसैँ नरमाइलो हुँदो रहेछ ।

बाबुआमालाई खानपिन र रमाइलोमा त फोनमा कुरा गरेर चित्त बुझाउने अवस्था छ । विदेशमा गएका तर दसैँमा टीका जमरा थाप्न नपाएका छोराको सम्झनाले उनीहरुलाई सताउने गरेको छ । ‘पहिलाको तुलनामा अहिले सञ्चार सेवाले सहज त बनाएको छ तर घरमा भएजस्तो हुँदैन बाबुआमालाई,’ कावासोतीकी कलावती सापकोटाले भन्नुभयो ।

कलावली सापकोटाले भन्नुभयो – सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्दा नेपाली युवाले गाउँ घरमै रोजगारी पाउने थिए । अनि आफ्नो संस्कारअनुसार रमाउन पाउँथे होला । गरिबीले टाढा बनायो दसैँ जस्तो चाडबाडमा सरकारले बिदा पाउने व्यवस्था मिलाउनुपर्ने हो ।

विदेशमा गएका छोराहरुको कम्तीमा वर्षमा दुई पटक घर परिवारसँग हुन पाउने गरी बिदाको व्यवस्था हुनुपर्ने अभिभावकको माग छ । ‘नेपालले अन्य देशसँग श्रम सम्झौता गर्दा नै बिदाको अवधिबारे पनि कुरा गरे धेरै नेपाली परिवारसँग रमाउन पाउने हुन्छ,’ मध्यबिन्दु बहुमुखी क्याम्पसका प्राध्यापक मुक्तिराम ढकालले भन्नुभयो ।

सार्क सम्मेलनको तयारी भइरहेको अवस्थामा नेपालले आफ्ना श्रमिकका विषयमा सार्कस्तरकै निर्णयमा पहलकदमी लिँदा सबै देशका श्रमिकले उचित स्थान पाउन सक्ने छन् । ढकालले भन्नुभयो – ‘सार्क बैठकमा यस्ता मुद्दा गम्भीर ढङ्गबाट उठ्नु पर्छ ।’