१ कार्तिक २०८३, शनिबार

सोमबार बकर इद, सरकारले दियो सार्वजनिक बिदा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eid-muslim

काठमाडौं, १९ असोज । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा ) को अवसरमा सोमबार सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।

सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । मुस्लिम समुदायले सोमबारदेखि यही बिहीबारसम्म “बकर इद” पर्व उत्साह र उमङ्गका साथ मनाउँदैछन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिने बकर इद अर्थात् जनावरलाई वली दिने दिनको रूपमा मनाउने गरिन्छ ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सोही आदेश अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोरा नमानेपछि आकासवाणी भई ईश्वरले भने तिमीले मेरा आज्ञा पालना गर्दै अब छोराका सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली कुवार्नी दिने चलन चलिआएको छ ।

बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ ।

नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली (कुर्वानी) दिने गरिन्छ ।

कुर्वानी दिएको जनावरको मासुलाई तीन भागमा एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीन दुःखी र विपन्नलाई छुट्याइने गरिन्छ । सो दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ ।