१ कार्तिक २०८३, शनिबार

यसरी गरियो अमेरिकामा झलनाथ खनालको शल्यक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-khanal-Birami-USA

सूर्य थापा / विजय थापा

भर्जिनिया (अमेरिका), १९ असोज । नेकपा एमालेका बरिष्ठ नेता एबं पूर्वप्रधानमन्त्री झलनाथ खनालको अमेरिकामा शल्यक्रिया सफल भएको छ ।

अमेरिकाको बाल्टीमोरस्थित जोन हप्किन युनिर्भसिटी अस्पतालमा बरिष्ठ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा शनिबार उहाँको पिसाव नलीको शल्यक्रिया भएको हो । पिसाब सम्बन्धी समस्या भोग्दै आएका खनालको ३ वर्ष पहिले भारतमा २ पटक र नेपालमा एकपटक शल्यक्रिया भएको थियो । ३ पटकसम्म अप्रेशन गर्दा पनि निको नभएपछि खनाल अमेरिका आउनु परेको हो ।

खनालको शनिबार ५ घण्टा लामो अप्रेशन सम्पन्न भएपछि डाक्टरले खनाललाई १० दिन आराम गर्न भनेका छन् । १० दिन आराम गरेपछि खनाल कति समय अमेरिकामा बस्नु पर्ने भन्ने कुराको निर्णय हुने जनाइएको छ ।

मेरिल्याण्डको जोन हकिम्स अस्पतालमा यस रोग सम्बन्धी बिषेशज्ञ भएकोले खनाल केही दिन पहिले मेरिल्याण्ड आएका प्रवासी नेपाली मञ्चका महासचिव प्रभु थापाले जानकारी दिनभयो । खनालसंगै नेपालबाट आएका डाक्टर शुमन शर्मा उप्रेतीका अनुसार खनालको अप्रेशन जटिल खालको थियो ।

मेरिल्याण्डमा खनालको अप्रेशन भए पश्चात उनलाई महावाणिज्यदुत प्रेमराजा महत्, प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव थापा, डिल्ली पौडेल लगायतका एमालेका स्थानीय कार्यकर्ताहरुले सहयोग गरिरहेका छन् । खनाललाई सहयोग गर्न नेपालबाट सुमन शर्मा उप्रेतीसहित दुई जना डाक्टरका साथै उनका सहयोगी आरबी राई पनिसंगै आएका छन् । जटिल अप्रेशन सफल भएपछि खनालले अब आफू झनै सक्रिय भएर देश र जनताको सेवामा लाग्ने बताउनु भएको अस्पतालमै रहनुभएका डिल्ली पौडेलले जानकारी दिनुभयो ।