काठमाडौं, १६ असोज । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर स्वदेश फर्कदै गरेका प्रधानमन्त्री सुशील कोइरालालाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका एक सरकारी अधिकारीको हृदयाघातबाट मृत्यु भएको छ ।
सुचना विभागका निर्देशक श्याम चालिसेको बिहिबार अपरान्ह हृदयघातबाट मृत्यु भएको हो । प्रधानमन्त्री कोइरालाको स्वागत गरे लगत्तै विमानस्थलमै बेहोस भएका चालिसेलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल पुर्याइएको थियो । तर, उनको निधन भइसकेको चिकित्सकहरुले जानकारी गराएका थिए ।
५६ वर्षिय चालिसेको बिहीबारै पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ।
















प्रतिक्रिया