दमक, १६ असोज । झापाको दमकमा पिक अप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारीअनुसार गएराति ११:१५ बजे दमक– ११ हुनमान मन्दिर नजिकै मे१च २११५ नम्बरको महिन्द्र जिपले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।
घाइते घिमिरेको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया