काठमाडौं, १५ असोज । दसैंको बेला सुन सस्तिँदा पनि यसको व्यापारमा कमी आएको छ । पोहोर परार भन्दा यो वर्ष दसैंमा सुन सस्तो छ । तैपनि मूल्य अझै घटने अनुमानले गर्दा सुनको उपभोक्ता ‘पर्ख र हेर’ को मनस्थितीमा रहेको आजको नागरिक दैनिकमा खबर छ ।
अघिपछि दैनिक ४० किलो सुन बिक्री हुने बजारमा दसैंको छेकोमा सुन सस्तिँदा पनि मुश्किलले २० किलो बिक्री भइरहको व्यापारी बताउँछन् । व्यापारीका अनुसार गत वर्ष दसैंताका दैनिक ३० किलो सुन विक्री भएको थियो । दुई वर्षअघि दैनिक ४० किलो बिकेको थियो ।
परार दसैंताका सुन ६१ हजार प्रतितोला थियो । अहिले ५१ हजार ६ सय रुपैयाँ छ । दुई वर्षमै तोलामा करिब १० हजार घट्दा पनि व्यापार उत्साहजनक हुन नसकेको व्यापारी बताउँछन् । पोहोर दसैंको तुलनामा पनि यसपालि ४ हजार रुपैयाँ सस्तो छ । पोहोर दसैंमा सुन ५५ हजार आठ रुपैयाँ थियो ।














प्रतिक्रिया