काठमाडौं, १४ असोज । काठमाडौंको एक ट्याक्सी ड्राइभरले ट्याक्सीमा फेला पारेको यात्रुको पाँच लाख रुपैंया प्रहरीलाई बुझाएका छन् ।
बा १ ज ११८५ नम्बरको ट्यासी चालक दिनेश केसीले आफ्नो ट्याक्सीमा यात्रा गरेका यात्रुले छाडेको ५ लाख रुपैयाँ प्रहरीलाई बुझाएका हुन् ।
चालक केसी आफै महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगेर आफूले भेटाएको रकम ट्राफिक प्रहरीलाई बुझाएका थिए ।
मंगलबार दिउसो १२ बजे सेन्चुरी बैंकबाट १९ लाख रुपैयाँ निकालेका अच्युत घर्तीले केसीको ट्याक्सीको रकम भुलेका थिए । पुतलीसडकबाट ट्याक्सी चढेका घर्ती बानेश्वरमा ओर्लिएका थिए । पाँच लाख रुपैंया हराएको थाहा पाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । ट्याक्सीमा हराएको पैसा भेटेर दंग परेका घर्तीले तत्कालै चालक केसीलाई इनाम स्वरुप २० हजार रुपैयाँ दिएका थिए ।
इमान्दारिता देखाउने चालक केसीलाई प्रहरीले विशेष सम्मान गर्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले प्रहरी दिवसको अबसरमा उनलाई सम्मान गर्ने जानकारी दिए ।
राजधानीका ट्याक्सी चालकहरु बदनामी कमाइरहेका बेला एक जना ट्याक्सी चालकले देखाएको उदाहरणीय कार्यको निकै प्रशंसनीय बनेको छ ।
















प्रतिक्रिया