काठमाडौं, १४ असोज । उपचारका लागि अमेरिका पुगेका नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको आगामी शनिबार शल्यक्रिया हुने भएको छ ।
कानको समस्या देखिएपछि अमेरिका पुगेका अध्यक्ष खनालको आगामी शनिबार अमेरिकाको बाल्टिमोरस्थित अस्पतालमा शल्यक्रिया हुन लागेको त्यहाँस्थित पत्रकार रोशन खड्काले जानकारी दिनुभयो ।
कानको समस्याका कारण खनाल पटकपटक पीडित हुँदै आउनुभएको थिया । खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार अमेरिका पुग्नुभएको थियो ।
















प्रतिक्रिया