२९ आश्विन २०८३, बिहिबार

अन्धकारमा सार्क सम्मेलन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loadshading

काठमाडौं, १४ असोज । काठमाडौं सार्क सम्मेलनको तयारीमा जुटेको छ । सडक छेउछाउ धमाधम सोलार बत्ती जडान गरिँदै छ । जब राति तब बुढी… भनेझै सरकारको काम भइरहेको छ । सार्ककै नाममा सभागृह मर्मत गर्नेदेखि लिएर सडक बत्ती बनाउनेसम्मका काम भइरहेका छन् । तर, १७/१८ घण्टा लोडसेडिङ हुने मुलुकमा विद्युतको विकल्पका बारेमा सरकारले कानमा तेल हालेर बसेको छ ।

दैनिक १२ सय मेगावाट माग भए पनि आपूर्ति भने ७ सयदेखि ७ सय पचाससम्म मात्र भएको छ । त्यो पनि हिउदमा ६ सय मेगावाटबाट घटेर नेपालको उत्पादन क्षमता ३ सय मेगावाट मात्र उत्पादन हुन्छ । सार्क सम्मेलन पनि हिउदमै पर्ने भएकोले विद्युतको विकल्पका बारेमा सरकारले सोच्नुपर्ने देखिन्छ । किनभने सभागृहमा सम्मेलन भए पनि सार्क राष्ट्रका प्रमुखहरू होटलमै बस्ने व्यवस्था मिलाइएको छ । १७/१८ घण्टा लोडसेडिङ हुँदा यसलाई होटलको जेनेरेटरले पनि थेग्न मुस्किल पर्छ । अहिले पनि काठमाडौंका पाँचतारे होटलहरूले दैनिक १४/१५ घण्टा जेनेरेटरबाट काम चलाइरहेका छन् । त्यो पनि घण्टा घण्टामा झ्यापझ्याप निम्तने गर्छ । सडकमा बत्तीको व्यवस्था छैन । सोलार कतै बिग्रियो भने सार्क सम्मेलनताका पूरै राजधानी अन्धकारमय हुन्छ ।

जलस्रोतको धनी देश भएर पनि क्षमतावान राजनेताको अभावमा नेपालको पानी त्यत्तिकै खेर गएको छ । पानी उपयोगको कुरा गर्नासाथ तथाकथित राष्ट्रवादीहरूले फडा उठाउने गरेका छन् । जलविद्युत का धनी देशमा सोलार बत्ती बाल्नु भनेको आफैँमा व्यंग्य हो । तर, त्यसको विकल्प पनि हामीसँग छैन ।