काठमाडौँ, १३ असोज । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित रामकुमार प्रसाद साहको सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिले मंगलबार बिहान ८ बजेलाई बोलाएको छ ।
सोमबार बसेको बैठकमा उजुरीकर्तासँग सोधपुछ गरेपछि समितिले उहाँलाई मंगलबार बोलाएको हो ।
सुन्धारास्थित धरहरादेखि पश्चिमतफृको जमिनबारे साहले गरेको फैसला पक्षपातपूर्ण भएको भन्दै सुनुवाइ समितिमा उजुरी परेको थियो ।
मुसलमान समुदायले भोगचलन गर्दै आएको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप उहाँलाई छ ।















प्रतिक्रिया