काठमाडौँ, १३ असोज । विजया दशमी तथा तिहारको सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालयहरू खुला रहने भएका छन् ।
चाडपर्वको समयमा हुनसक्ने मानव अधिकार हननविरुद्ध उजुरी लिने, आवश्यकताअनुसार अनुगमन र अनुुसन्धान गर्ने कार्यलाई अविच्छिन्न रूपमा निरन्तरता दिनका लागि आयोगका सबै कार्यालयहरू खुला राखिने अयोगले जानकारी दिएको छ ।
गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादातीका घटनाहरूको अनुगमनका लागि आयोगमा ‘¥यापिड रेस्पोन्स टिम’ गठन गरिएको आयोगले जानकारी दिएको छ ।
अयोगले आवश्यक परेको अवस्थामा ५०१०००० मा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगले दिएको जानकारी अनुसार दिनको ११ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहनेछन् ।















प्रतिक्रिया