धनगढी, १३ असोज । चोरीको मुद्दामा कैलाली जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका एक अभियुक्तलाई २० वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट २० वर्षअघि १३ दिन कैद र रु नौ हजार ४ सय १५ जरिवानाको सजाय पाई फरार रहेका कैलाली जिल्ला मुनुवा गाविस–१ का भग्गुलाल चौधरीलाई उनकै गाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
यस्तै भवितव्य ज्यान मुद्दामा अदालतबाट दुई महिना कैद सजाय र रु ५०० जरिवनाको सजाय पाई फरार रहेका दुर्गैली गाविसका रामकृष्ण चौधरी र सोही मुद्दामा एक महिना १० दिन कैद र रु ५०० जरिवानको सजाय पाई फरार रहेका खेम चौधरीलाई पनि पक्राउ गरिएको छ ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतको जिम्मा लगाइएको छ ।















प्रतिक्रिया